डेडिकेटेड तथा ट्रंकलाइन विवाद : प्राधिकरणले लेखा समितिमा बुझायो विवरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लेखा समितिमा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण लेखा समितिमा बुझाएको छ । लेखा समितिले उद्योगले बिजुली प्रयोग गरेको प्रमाण मागेपछि प्राधिकरणले बिहीबार टीओडी डाटासहितको विवरण उपलब्ध गराएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लेखा समितिलाई पठाएको पत्रमा भनिएको छ, ‘महसुल बक्यौता रहेका उपरोक्त ५३ वटा ट्रंकलाइन उपभोक्तामध्ये बुटवल सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील र सम्राट सिमेन्टले केही महिना डेडिकेटेड दरले विद्युत् महसुल भुक्तानी गरे पश्चात् अन्य ट्रेड डेडिकेटेड लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्ताले विद्युत् महसुल नबुझाएको कारण यी उद्योगहरूले पनि साधारण दरले मात्र विद्युत् महसुल भुक्तानी गरेको अवस्था रहेको छ ।’
यस्तै कार्यकारी निर्देशक घिसिङले डेटिकेटेड तथा ट्रंकलाइन सम्बन्धी लामो समयदेखि विवाद भएकाले विद्युत् महसुल असुल हुने व्यवस्था मिलाई सहयोग गरिदिन समितिलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला