सामन्थासँग अलग भएका चैतन्यले गरे शोभितासँग इन्गेजभेन्ट
हैदराबाद । दक्षिण अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति नागा चैतन्यले अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेका छन् । मिडिया रिपोर्टका अनुसार दुवैले नागा चैतन्यका पिता नागार्जुनको घरमा एक निजी समारोहबिच इन्गेजमेन्ट गरेका हुन् । नागार्जुनको घर हैदराबादको पोश क्षेत्र जुबली हिल्समा अवस्थित छ।
नागार्जुन आफैले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सेयर गरेर उनीहरुलाई आशीर्वाद दिएका छन् । उनले सोसियल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘छोरा नागा चैतन्यको शोभिता धुलिपालासँग इन्गेजमेन्ट भएको घोषणा गर्न पाउँदा म निकै खुसी छु । दुवैले बिहान ९ः ४२ बजे इन्गेजमेन्ट गरेका हुन् । शोभितालाई परिवारमा स्वागत गर्दछौँ। दुवै जनालाई हार्दिक शुभकामना ।’
इन्गेजमेन्टका लागि नागाले आफ्नो आगामी फिल्म ‘ठन्डेल’ को सुटिङबाट एक दिनको ब्रेक लिएको समाचारमा बताइएको छ । सामन्थासँग सम्बन्धविच्छेद गरेपछि नागा चैतन्यको नाम शोभितासँग जोडिएको थियो । दुवै अन्तर्राष्ट्रिय भ्रमणमा धेरै पटक सँगै समय बिताएको देखिएका छन् ।
यसबाहेक शोभिता आफ्नो फिल्म ‘मेजर’ को प्रमोशनका लागि बसेको होटलमा चैतन्यलाई धेरै पटक देखिएको थियो । यसपछि पनि नागा र शोभिता धेरै अवसरमा सँगै देखिएका छन् । त्यसयता दुवैले एकअर्कालाई डेट गर्दैछन् भन्ने अड्कलबाजी चलिरहेको थियो ।
सामन्था रुथ प्रभु र नागा चैतन्यले गोवामा ६ अक्टोबर, २०१७ मा पहिले हिन्दू र त्यसपछि ७ अक्टोबरमा इसाई परम्परा अनुसार विवाह गरेका थिए । विवाहपछि सामन्थाले आफ्नो नाम बदलेर अक्किनेनी राखेकी थिइन् । तर सम्बन्धविच्छेदको खबरबिच सामन्थाले आफ्नो ट्विटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु राखेकी थिइन् । वैवाहिक जीवनको चार वर्ष पूरा गर्नअघि नै उनीहरु छुट्टिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छ महिनामा २८ लाख फोरजी प्रयोगकर्ता थपिए, मोबाइल प्रयोगकर्ता ६१ लाखले घटे
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
-
४७ वर्षको अन्तरालमा आएका दुईवटा कालो दिन अर्थात् माघ १९
-
दोस्रो परदेश यात्राको तयारीमा शालीनदीस्थित माधवनारायणका व्रतालु
-
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री