बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडर नियुक्त

बिहीबार, २४ साउन २०८१, १६ : ४३
बिहीबार, २४ साउन २०८१

काठमाडौँ ।  टेक्नो नेपालले क्रिकेटर  आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच टेक्नो ब्रान्डले उनीहरुलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको जानकारी गराइएको हो ।

टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले साझेदारीको बारेमा टिप्पणी गर्दै भने, 'हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ। उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङसँग मेल खान्छ। हामी आशा गर्छौँ कि टेक्नोसँगको उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरुको संलग्नतालाई अझ उच्च बनाउनेछ।'

उक्त अवसरमा आरिफ शेखले भने, 'म यो साझेदारी र यसले दर्शकहरूलाई संलग्न गराउने सम्भावनाहरूबाट उत्साहित छु। एक क्रिकेटरको हैसियतमा, म टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्छु किनकि खेल जगतमा मेरो उत्कृष्टताको खोजी यसको लक्ष्यसंग मिलेको छ ।'

आसिफ शेखले थपे, 'टेक्नो नेपालको उत्कृष्टता मेरो जोश र जाँगरसँग पूर्ण रूपमा मिल्दोजुल्दो रहेको छ। यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस गरेको छु। यसले मलाई फ्यानहरूसँग जोडिने अवसरहरू सिर्जना गर्नेछ ।'

टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले आरिफ शेख र आसिफ शेखलाई हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा पाउँदा आफूहरु हर्षित भएको बताए । 

कार्यक्रममा विरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र क्यानका सचिव पारस खड्कासमेतको उपस्थिति रहेको थियो ।

टेक्नो ७० भन्दा बढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो। यसको सुरुवात भएदेखि नै, टेक्नोले उदीयमान विश्व बजारहरूमा उल्लेखनीय डिजिटल अनुभव प्रदान गर्दै आएको छ । यसले नवीनतम प्रविधिहरू, आकर्षक डिजाइन र उत्कृष्ट संघटनका लागि निरन्तर जोड दिँदै आएको छ। 

टेक्नोले स्मार्टफोन,स्मार्ट वियरेबल्स, ल्यापटप, ट्याब्लेट HiOS अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत श्रृंखला मार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप