राष्ट्रसंघ किन लाचार ? भन्दै युद्धविरोधी प्रदर्शन, तस्बिरहरु
![राष्ट्रसंघ किन लाचार ? भन्दै युद्धविरोधी प्रदर्शन, तस्बिरहरु](https://npcdn.ratopati.com/media/news/un_6R2YU7VoH9.jpg)
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको छ । विश्वका विभिन्न भागमा भइरहेको युद्ध अन्त्य गर्नका लागि राष्ट्रसंघलाई आफ्नो सम्पूर्ण सामर्थ्य प्रयोग गर्न आग्रह गर्दै बिहीबार दिउँसो प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले शक्ति राष्ट्रका अगाडि राष्ट्रसंघ किन लाचार ?, २९ महिनादेखि जारी रुस–युक्रेन युद्ध, राष्ट्रसंघ कहाँ छ ?, दश महिनादेखि जारी इजरायल–हमास युद्ध, राष्ट्रसंघ कहाँ छ ?, युद्धको विस्तारः मानव सभ्यतामाथि ठुलो खतरा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
पछिल्लो चरणमा सम्भावित युद्धको त्रासदीले लेवनानको स्थिति भयावह देखिएको छ जसका कारण कतिपय राष्ट्रले लेवनान छोड्न आफ्ना नागरिकलाई आह्वान गरेका छन् ।
यसैगरी इरान र इजरायलबीच जुनसुकै बेला भीषण युद्ध हुने त्रास बढेको छ । प्रदर्शन पश्चात् शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसंघका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
पत्रमा एकातिर रुस–युक्रेन युद्ध अर्कोतिर इजरायल–हमास युद्ध लम्बिँदै जानु समग्र विश्व सभ्यताकै लागि खतरा भएको धारणासहित मानवता र सभ्यताको रक्षाका खातिर युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघले विशेष पहलसहित आफ्नो सम्पूर्ण सामर्थ्य प्रयोग गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह