ओलम्पिकमा भाग लिन पुगेका खेलाडी पेरिस सहरमा कोकिन खोज्दै हिँडेपछि !

काठमाडौँ । ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा सहभागी हुन फ्रान्सको राजधानी सहर पेरिस पुगेका एक अस्ट्रेलियन खेलाडी कोकिन खरिद गरेको आरोपमा पक्राउ परेका छन् । अस्ट्रेलियन हकी टोलीका सदस्य टम क्रेगलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो ।
२८ वर्षीय टम क्रेग ओलम्पिक भिलेजबाट बाहिर निस्किएर कोकिन खरिद गर्न पुगेको थिए । केही समय हिरासतमा राखेपछि उनलाई स्थानीय सरकारी न्यायाधिवक्ताको कार्यालयमा पेस गरिएको थियो । त्यहाँ उनले आफ्नो गल्ती स्वीकारेका थिए ।
‘मबाट गल्ती भयो । अब यस्तो गल्ती दोहोरिने छैन । मलाई माफ गर्नुस्,’ सरकारी न्यायाधिवक्ताको कार्यालयमा आफ्नो गल्तीप्रति माफी माग्दै उनले भनेका थिए । त्यसपछि यस्तो गल्ती फेरि नदोहोर्याउने सर्तमा उनलाई रिहा गरिएको छ ।
न्यायाधिवक्ताको कार्यालयका अनुसार, कोकिन खोज्न विभिन्न पसलमा पुगे पनि उनले कोकिन खरिद गर्न भने पाएका थिएनन् । त्यसैले उनको साथबाट कोकिन बरामद नभएकाले चेतावनीसहित रिहा गरिएको समाचारमा जनाइएको छ ।
प्रहरीले रिहा गरेपछि उनले आफ्ना समर्थकहरूसँग पनि माफी मागेका छन् । ‘मेरो जीवनमा पछिल्लो २४ घण्टाको अवधिमा जति पनि अप्रिय घटना भए त्यसका लागि म हृदयदेखि माफी माग्न चाहन्छु । आगामी दिनमा मबाट यस्तो गल्ती कहिल्यै हुने छैन,’ उनले भनेका छन् ।
टम क्रेगसहितको टोलीले यसअघि जापानको राजधानी टोकियामा सम्पन्न ओलम्पिक खेलकुदमा रजत पदक जितेको थियो । उनले अस्ट्रेलियाको तर्फबाट एक सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
पेरिस ओलम्पिकमा अस्ट्रेलियन टोलीकी ‘सेफ दि मिसन’ अन्ना मेरेसले टम क्रेग ठुलो संकटबाट जोगिएकोमा खुसी व्यक्त गरेकी छन् । उनले टम क्रेग रिहा हुनु खुसीको विषय भए पनि अस्ट्रेलियन खेलकुदले उनको विषयमा ठोस निर्णय गरिनसकेको बताएकी छन् ।
‘टम क्रेग असल व्यक्ति हुन् । तर, उनले गलत काम गरे । पक्कै पनि उनले यो घटनाबाट गतिलो शिक्षा लिएको हुनुपर्छ,’ उनले भनेकी छन् । पेरिसको प्रहरीले उनलाई कोकिनको खोजी गरिरहेको अवस्थामा फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा