काम चलाउ सरकारको नेतृत्व गर्न बंगलादेश आइपुगे युनुस
![काम चलाउ सरकारको नेतृत्व गर्न बंगलादेश आइपुगे युनुस](https://npcdn.ratopati.com/media/news/yunus_QFNv1xVy6k.jpg)
ढाका । अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता बंगलादेशी अर्थशास्त्री मोहम्मद युनुस बंगलादेश आइपुगेका छन् । उपचारका क्रममा विदेशमा रहेका युनुस काम चलाउ सरकारको नेतृत्व गर्न बिहीबार दिउँसो २ः १५ बजेतिर स्वदेश आइपुगेका हुन् ।
उनलाई सेनाका प्रमुख र विद्यार्थीहरुले स्वागत गरेका थिए । काम चलाउ सरकारलाई आजै राति शपथ गराउने तयारी भइरहेको छ । अन्तरिम सरकारमा आरक्षण विरोधी आन्दोलनका विद्यार्थी नेता र नागरिक समाजका सदस्यलाई पनि समावेश गर्न सकिने आशा गरिएको छ ।
बंगलादेशमा गर्न बाँकी कयौं काम भएको आइपुग्ने बित्तिकै उनले बताए । जनताहरू उत्साहित रहेको फ्रान्सबाट ढाकाका लागि उड्ने क्रममा उनले भनेका थिए । शेख हसिनाले राजीनामा दिएर भागेको केही दिनमै उनी स्वदेश आएका छन् ।
राष्ट्रपति मोहम्मद शाहबुद्दिन, सेनाका शीर्ष अधिकारी र विद्यार्थी नेताहरूबिचको बैठकपछि युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनाउने निर्णय गरिएको थियो । सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने स्पष्ट पार्दै युनुसलाई काम चलाउ सरकारको नेतृत्व दिनुपर्ने चाहना विद्यार्थीहरुले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई दण्ड र जरिबानाको तरबार !
-
चितुवाको छालासहित युवक पक्राउ
-
राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी
-
नेपाली कामदारलाई लक्षित गरी मलेसियामा बीमा सम्बन्धी अन्तरक्रिया
-
‘सङ्क्रमणकालीन न्याय निरूपणका बाँकी काम शीर्ष तीन नेताको सहमतिबिना अगाडि बढ्न सक्दैन’
-
एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त