जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
बिहीबार, २४ साउन २०८१, १४ : ४८

टोकियो । दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको थियो ।
जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। जापानका प्रधानमन्त्रीले पनि भूकम्पबारे केही निर्देशन जारी गरेका छन् ।
प्रधानमन्त्रीको निर्देशन अनुसार सुनामी र विस्थापितसम्बन्धी सही जानकारी जनतालाई समयमै उपलब्ध गराउनु पर्नेछ । साथै, क्षति रोक्न नागरिकहरूलाई बाहिर निकाल्ने जस्ता कदमहरू चाल्नुपर्नेछ । जतिसक्दो चाँडो क्षतिको अवस्थाको आकलन गर्नु भनिएको छ।
स्थानीय सरकारहरूसँग समन्वय कायम गरी जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै