गैरमधेसीलाई ‘मधेसी’ भनी सिफारिस गरेको भन्दै आयोगले काट्यो पत्र

काठमाडौँ । गैरमधेसीलाई मधेसी भनेर सिफारिस गरेको भन्दै मधेसी आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुखलाई सत्यतथ्य र प्रमाणसहित आयोगलाई यथाशीघ्र जानकारी गराउन पत्र पठाएको छ ।
धनगढीमाई नगरपालिका-१३ का स्थायी बासिन्दा ईश्वर अधिकारी गैर-मधेसी मूलको भए पनि मधेसी समुदायको सिफारिस लिएर नेपाल प्रहरी तर्फ निरीक्षक पदमा मधेसी समुदायको आरक्षणमा जागिरको लागि सिफारिस भएको घटना बाहिर आएपछि आयोगको ध्यानाकर्षण भएको थियो ।
आयोगले केही दिन अगाडी सोही घटनालाई लिएर नेपाल प्रहरी र इलाका प्रशासन कार्यालय, लहानलाई कुन आधारमा गैर-मधेसीलाई मधेसी कोटामा नियुक्ति सिफारिस गरिएको सम्बन्धमा आधार खुलाई आयोगलाई लेखी पठाउन भनेको थियो । सो पत्रपछि इलाका प्रशासन कार्यालयले वडाबाट वडा अध्यक्षको हस्ताक्षरित फोटोसहितको सिफारिस आएको आधारमा तत्कालीन समयमा यस कार्यालयले मधेसी प्रमाणित गरेको देखिएको जवाफ आयोगलाई लेखी पठाएको छ ।
सो जवाफ आयोगमा प्राप्त भएपछि आयोगले धनगढीमाई नगरपालिकाका प्रमुखलाई कुन आधारमा गैर-मधेसी लाई वडा अध्यक्षले मधेसी भनी सिफारिस गरेको सम्बन्धमा उचित आधार र प्रमाण सहित यथाशीघ्र जवाफ पठाउन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको दरभाउ : आज कसको मूल्य कति ?
-
प्रिमियर लिगमा वेष्ट ह्याम युनाइटेडको सहज जित
-
बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प