मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

सिजन मिडियाले पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

बिहीबार, २४ साउन २०८१, १४ : ३७
बिहीबार, २४ साउन २०८१

काठमाडौँ । सिजन मिडियाले नेपालमा पाँचौं संस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । बिहीबार सो संस्थाले अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

उक्त संस्थाले जारी गरेको सूचनामा भनिएको छ ः ‘‘सिजन मिडिया आफ्नो १६ औँ स्थापना दिवस तथा संविधान दिवस २०८१ को विशेष अवसर पारेर असोज पहिलो साता काठमाडौँमा एसियाली देशका  सफल व्यावसायिक व्यक्तित्वहरूलाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२४’ पाँचौँ संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको सगौरव घोषणा गर्दछौ ।’  

सामाजिक, राजनीतिक, सांस्कृतिक ,शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशील व्यक्तित्वको  कामको उपलब्धि र योगदानको उच्च मूल्याङ्कन गर्दै अझै हौसला प्रदान गर्ने उद्देश्य राखेर विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको समेत सिजन मिडियाले जनाएको छ ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक राजनैतिक सांस्कृतिक र शैक्षिकलगायत विभिन्न क्षेत्रमा एक दशकभन्दा बढी लामो समय निरन्तर काम गरी सफलता आर्जन गरेका र हाल विभिन्न काममा क्रियाशील रहिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए ।

“सबै व्यावसायिक क्षेत्रका सम्मानित व्यक्तित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले अग्रज पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौँ ” उनले भने । साथै नेपाल तथा एसियन मुलुकका सफल व्यावसायिक व्यक्तित्वहरुले सिजन मिडियाको आधिकारिक वेबसाइटमा गएर फारम भर्न सकिने समेत सो संस्थाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप