आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मैले मन्त्री पदलाई ठुलो र दुर्लभ पद ठानेको छैन : मन्त्री पाण्डे

बिहीबार, २४ साउन २०८१, १४ : २४
बिहीबार, २४ साउन २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मन्त्री पदलाई ठुला र दुर्लभ पद नठानेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।  उनले भने, ‘मन्त्री पदलाई मैले ठुलो र दुर्लभ पद ठानेको छैन। म आफ्नो इमान र मेहनतको भरमा काम गरिरहेको छु।’

उनले अहिले मन्त्रालय मातहतका बेथिति र विसंगतहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको बताए । उनलाई आफूलाई विकृतिको डुङ्गुर माथि उभिएको अनुभूति समेत भइरहेको बताएका हुन् । उनले आफू संसद्मा तेस्रो पटक आएको बताउँदै कानुनी र संवैधानिक रूपमा सहयोग गर्न समेत अपिल गरेका छन् । साथै  हिजो भएको हेलिकप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको समेत उनले स्मरण  गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप