सुदूरपश्चिम प्रदेश
तत्काललाई राजश्व संकलन गर्न सुदूरपश्चिम सरकारले ल्यायो अध्यादेश
बिहीबार, २४ साउन २०८१, १४ : १७

कैलाली । कमल शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले तत्काललाई राजश्व संकलन गर्न अध्यादेश ल्याएको छ । राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश २०८१ बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद्ले स्वीकृत गरेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस भैसकेको छ । प्रदेश प्रमुखले उक्त अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गरेपछि राजश्व संकलनको बाटो खुल्नेछ ।
तत्कालीन दीर्घ सोडारी नेतृत्वको सरकारले बजेट पारित गर्न नसकेपछि साउन १ देखि बजेट शून्यताको अवस्था छ । यो गाँठो फुकाउन शाह नेतृत्वको सरकारले तत्काललाई कर संकलन अध्यादेश रोजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त