बङ्गलादेश : एटीएममा छैन पैसा, बैंकमा एक लाख टाकाभन्दा बढी झिक्न नपाइने
बिहीबार, २४ साउन २०८१, १४ : १२

ढाका । बङ्गलादेशमा एटीएमहरू बन्द भएका छन् । हिंस्रक प्रदर्शनबीच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै केही दिनयता बैंकका ग्राहकहरूले एटीएमबाट पैसा झिक्न सकेका छैनन् ।
सुरक्षाको अभावका कारण बैंकहरूले एटीएममा पैसा राख्न छाडेका छन् । जोखिम धेरै भएको ठाउँमा बैंकहरूले आफ्ना शाखा र आउटलेटहरू नै बन्द गरेर बसेका छन् ।
एक पटकमा १ लाख बंगलादेशी टाकाभन्दा धेरै भुक्तानी नदिन केन्द्रीय बैंक बङ्गलादेशले पनि बैंकहरुलाई मौखिक निर्देशन दिएको छ । सम्भव भएसम्म शाखाहरूमा पैसा नपठाउन पनि निर्देशनमा भनिएको छ ।
देशभरमा कमजोर सुरक्षा व्यवस्था र लुटपाटका सम्भावनाका कारण यस्तो निर्देशन दिइएको बङ्गलादेशका कार्यकारी निर्देशक तथा प्रवक्ता मोहम्मद मेजबाउल हकले अङ्ग्रेजी भाषाको बङ्गलादेशी दैनिक पत्रिका द डेली स्टारलाई भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म