कुकुरका लागि १०८ डलरको परफ्युम
रोम । इटलीको फेशन ब्रान्ड डोल्चे ए गब्बानाले कुकुरका लागि परफ्युम ल्याएको छ । कम्पनीले फेफे ब्रान्ड नाममा १०८ डलर (१४ हजार ५४१ नेपाली रुपैयाँ) मूल्य पर्ने उक्त परफ्युम लन्च गरेको छ । धातुको रातो बिर्को भएको हरियो रङ्गको बोतलमा सुनको जलप लगाइएको कुकुरको पन्जा टाँसिएको छ ।
परफ्युमलाई भेटनरी डाक्टरले पनि प्रयोगको लागि अनुमति दिइसकेको र यो प्रयोगका लागि सुरक्षित भएको कम्पनीले दाबी गरेको छ । परफ्युम अल्कोहल फ्री भएको र कुकुरका लागि पूरै सुरक्षित छ भनेर कम्पनीले दाबी गरे पनि केही भेटनरी डाक्टरहरूले भने यसको आलोचना गरेका छन् । विरोधको मुख्य कारण यसको मूल्य पनि हो । महँगी र आर्थिक कठिनाइका कारण मानिसहरूलाई दैनिकी टार्नै गाह्रो भइरहेको समयमा त्यति धेरै मूल्य राखेर परफ्युम ल्याएको भन्दै केही पशु विज्ञहरूले निराशा व्यक्त गरेका छन् ।
फुल र चन्दनको वासना भएको उक्त परफ्युमलाई एक जना भेटनरी डाक्टरले पैसाको बरबादी भनेका छन् । कुकुरहरूको सुँघ्ने क्षमता अति परिष्कृत हुने भएकोले परफ्युम नै लगाए पनि एक अर्काको प्राकृतिक वासना सुँघ्न नसक्ने बेलायतमा पशु हिंसा रोकथामका लागि स्थापित संस्था आरएसपीसीएका वेलफेयर दूत फाबियान रिभर्स भन्छन् । यो परफ्युम लगाएकै कारण कुकुरहरू एकअर्काको निकटमा आउन छाडे वा चिढिए भने आफू अचम्ममा नपर्ने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको दिन कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक