नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु पर्छ: मन्त्री थापा
हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन जरुरी रहेको बताएका छन् । उनले नागरिकले अपनत्व ग्रहण गर्नेगरी नीति कार्यक्रम र योजना निर्धारण गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
सेभ द चिल्ड्रेनको ग्लोबल फन्ड अनुदान मार्फत निर्माण गरिएको स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले नागरिकहरूको गुनासो सम्बोधन गर्दै विकट क्षेत्रमा सरकारका सेवा सुविधा र गणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नुपर्ने चुनौती रहेको बताए । नागरिकको आवश्यकताका आधारमा तीन तहको सरकारसँगको समन्वयमा स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय बनाउनु गम्भीर हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
उनका अनुसार विगतमा केही कमीकमजोरी र त्रुटिका कारण नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु पर्ने तथा सामान्य औषधी उपचारबाट पनि टाढा रहनु परेको थियो । सो विषयलाई सम्बोधन गरेर पिछडिएका वर्गलाई समेत स्वास्थ्य सेवाको मूलधारमा ल्याउन भूमिका खेल्नु पर्ने उनको भनाई छ ।
प्रदेश सरकारसँग पर्याप्त भौतिक संरचना नहुँदा औषधी तथा भ्याक्सिनजन्य सामग्रीहरूको भण्डारणमा समेत समस्या हुँदै आएको उनले औँल्याए । नयाँ भवन प्राप्त भएसँगै भण्डारणका कारण औषधीजन्य पदार्थको गुणस्तर कायम गर्न तथा व्यवस्थापनमा समस्या भोग्नु परेको अवस्था अन्त्य भएको उनले बताए ।
सेभ द चिल्ड्रेन, नेपालकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउनुका नवनिर्मित भवन उपयोगी हुने बताइन् । सरकारको विकेन्द्रीकृत र पहुँचयोग्य स्वास्थ्य प्रणालीको अवधारणा अनुरूप सो भवन निर्माण गरिएको उनको भनाइ छ ।
सेभ द चिल्ड्रेनद्वारा ३ करोड २८ करोडको लागतमा निर्मित स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण गरिएको छ । बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रमबीच सेभ द चिल्ड्रेन नेपालकी निर्देशक तारा क्षेत्रीले औपचारिक रुपमा भवन प्रदेश सरकारलाई हस्तान्तरण गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा ६ लाख बढीको अवैध सामान बरामद
-
महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ