कर्णाली योजना आयोगले पायो पूर्णता, पदाधिकारीले लिए शपथ
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले चार महिनापछि पदाधिकारी पाएको छ । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि आयोग रिक्त रहेको थियो ।
मुख्यमन्त्री यामलाल कँडेलले रिक्त रहेको आयोगलाई पूर्णता दिएका हुन् । कँडेलले आयोगको उपाध्यक्षमा आफ्नै वडा निवासी सूर्यनाथ योगीलाई नियुक्त गरेका छन् ।
यस्तै सदस्यमा मुगुको छायाँनाथ रारा नगरपालिका–५, का डम्बर रावल र कालिकोटको रास्कोट नगरपालिका–३ का अशोकनाथ योगी नियुक्त भएका छन् । उपाध्यक्ष नियुक्त भएका योगी र रावल एमालेको कोटाबाट नियुक्त भएका हुन् भने सदस्य योगी नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् ।
उनीहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले उनीहरूलाई शपथ खुवाएका हुन् । उपाध्यक्षमा नियुक्त भएका योगी दैलेखको गमौडीमा जन्मिएका हुन् । हाल वीरेन्द्रनगर नगरपालिका–४, निवासी योगी कृषि विज्ञ हुन् ।
उनी योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका क्याम्पस प्रमुख समेत हुन् । उनी भारत, थाइल्यान्ड लगायतका विभिन्न देशहरूमा गएर त्यहाँको विकासबारे अध्ययन अनुसन्धान समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना
-
प्रहरीका २२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस (सूचीसहित)