खाना खानेबित्तिकै गर्नुस् यो एक काम
काठमाडौँ । दिउँसोको खाजा र बेलुकीको खाना खाएपछि केहि मिनेट हिँड्नु पर्छ भन्ने प्रायः सुनिन्छ । यसो गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तपाईँ खाना वा खाजा खाएपछि हिँड्नुहुन्छ ? यदि हिँड्नु हुन्छ भने यो राम्रो बानी हो । यो बानीले तपाईँलाई पछिसम्म स्वस्थ र तन्दुरुस्त रहन मद्दत गर्छ ।
खाना खाएपछि १० मिनेट मात्रै हिँडडुल गर्ने हो भने पनि धेरै गम्भीर रोगको जोखिम कम हुन्छ र कयौँ स्वास्थ्य समस्याबाट राहत मिल्छ भनेर कयौँ अनुसन्धानले देखाएका छन् ।
खाना खाएपछि केही बेर हिँड्दा मात्रै पनि पाचन प्रक्रियालाई सुधार्न मद्दत मिल्छ । यसो गर्नाले हाम्रो पेटका मांसपेशीहरू सक्रिय हुन्छन् र यसले पाचन इन्जाइमहरूको गतिविधिलाई बढवा दिन्छ । यसो गर्दा खाना छिटै र राम्रोसँग पनि पच्छ । यसले अपच र कब्जियतको खतरालाई हटाउन सक्छ ।
कब्जियतले पायल्स र फिस्टुला हुन सक्छ । कब्जियतबाट बच्न चाहनेले खाना खाइसकेपछि हिड्डुल गर्न निकै जरुरी हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार खाना खाएपछि हिँड्दा ग्लुकोजको मात्रा नियन्त्रण गर्न मद्दत मिल्छ ।
खाना खानेबित्तिकै हिँड्दा इन्सुलिन संवेदनशीलतामा सुधार आउन सक्छ र रगतमा चिनीको मात्रामा अचानक हुने वृद्धिलाई कम गर्न मद्दत गर्छ भनेर धेरै अनुसन्धानहरूले देखाएका पनि छन् । मधुमेहका बिरामीले खाना खाएपछि हरेक दिन १० मिनेट पैदल हिँड्नै पर्छ । यसो गर्दा क्यालोरी बर्न भएर तौल नियन्त्रणमा मद्दत मिल्छ । पेटको बोसो कम गर्न यो बानी लाभदायक साबित हुन सक्छ ।
खाना खाइसकेपछि हिँड्नु शारीरिक र मानसिक दुवै स्वास्थ्यका लागि ठूलो फाइदा हुन्छ । हिँड्दा तनाव र चिन्ता कम हुन्छ । यसले मानसिक शान्ति र सन्तुलन बढाउँछ । खाना खाएपछि हिँड्दा मुटुको धड्कन बढ्छ, जसले मुटुको मांसपेशीलाई बलियो बनाउँछ । यसले मुटुको स्वास्थ्यमा सुधार गर्छ र हृदयसम्बन्धी रोगको जोखिम कम गर्छ ।
खाना खाएपछि हिँड्दा शरीरमा ऊर्जाको मात्रा बढ्छ । यसो गर्दा दिनभर ऊर्जावान महसुस हुन्छ । बेलुकाको खानापछि हिँड्दा निन्द्राको गुणस्तरमा सुधार आउँछ भने राति राम्रो निन्द्रा आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता