समाचार र हल्लाका पछि लागेर सेयरमा लगानी नगरौँ : अध्यक्ष बराल

काठमाडौँ । नेपाल धितो पत्र बोर्डका अध्यक्ष महेश बरालले हल्लाको पछि दौडिँदा लगानीकर्ताहरू डुब्ने गरेको बताएका छन् । बिहीबार अर्थ समिति बैठकमा बोर्डका तर्फबाट ब्रिफिङ गर्दै अध्यक्ष बरालले कम्पनीको मूल्य उसको वित्तीय कारोबार र प्रतिफलमा हुने भए पनि पछिल्लो समय हल्लाले बजार मूल्य निर्धारण भइरहेको बताए ।
‘बजारको अस्थिरता वित्तीय ज्ञान नभएर पनि भइरहेको छ । देशका सबै क्षेत्रमा पुँजी बजार सम्बन्धी ज्ञान, अनुभव र शिक्षा पुर्याउन सकिएको छैन’ अध्यक्ष बरालले भने, ‘यही कमजोरी केही टाठाबाठा खेलाडीले चलखेल गर्दा बजारले उग्र रूप लिने गरेको छ । धितो पत्र बोर्डले पुँजी बजारसम्बन्धी सूचना तथा जानकारीहरू सार्वजनिक गरिरहेको हुन्छ तर मिडियाको समाचार र बजारको हल्लाको पछि लाग्दा लगानीकर्ता डुब्ने खतरा हुन्छ । कम्पनीको वास्तविक वित्तीय स्थिति हेरेर मात्र लगानी गरौँ बरालले भने ।
सोही अवसरमा अध्यक्ष बरालले मौद्रिक नीतिले केही लगानी सहजीकरण गरेकाले पनि बजार बढिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश