बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभु साहको प्रश्न - हाम्रो हेलिकोप्टर थोत्रो कि सिस्टम ?

बिहीबार, २४ साउन २०८१, १२ : ३३
बिहीबार, २४ साउन २०८१

काठमाडौँ । प्रतिनिधि सभाका सांसद प्रभु साहले सौर्य एयरको विमान दुर्घटना भएको केही दिनमै बुधबार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पर्दा अन्तर्राष्ट्रिय जगत्मा नेपालको इमेज ध्वस्त भएको बताएका छन् । 

सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकमा बोल्दै सांसद साहले नेपालको हवाई क्षेत्र सुरक्षित छैन भन्ने आशङ्का केही दिनयताका घटनाले पुष्टि गर्दै गएको बताए । उनले घटनाहरूलाई ढाकछोप गर्ने कि सुधार गर्ने भन्दै प्रश्न समेत गरे । 

‘केही व्यक्तिहरू यसलाई ढाकछोप गर्नुपर्छ भन्नुहुन्छ । तर ढाकछोप होइन सुधार गर्नुपर्छ’, उनले भने,‘एक महिनामा यसरी दुर्घटना हुनु भनेको हाम्रो सरकारी निकाय साँच्चै घामड रहेछ भन्ने देखिन्छ । राज्य भनेको मान्छे मार्नलाई हो ?’ उनले थोत्रो हेलिकोप्टर उडाएर मान्छे मारेको देखिएको भन्दै हेलिकोप्टर थोत्रो हो कि हाम्रो सिस्टम थोत्रो हो भनेर प्रश्न गरे ।  

उनले आफै हेलिकोप्टर नउड्ने भन्दै नियमनकर्ताले जिम्मेवारी लिनुपर्ने बताए । नियमन निकायमा आफन्त र वरिपरिका मानिसलाई नियुक्ति गर्ने प्रचलन रहेको भन्दै  उनले यसमा सरकार जबाफदेही हुनुपर्ने बताए । उनले छानबिन समिति गठन गरेर सरकारले ढाकछोप गरिएको भन्दै यसलाई बन्द गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप