टीआरसी विधेयकले द्वन्द्व पीडितहरु खुशी छन् : सांसद घर्तीमगर
बिहीबार, २४ साउन २०८१, १२ : ३२

काठमाडौँ माओवादीका सांसद पूर्णबहादुर घर्तीमगरले टीआरसीमा भएको सहमतिले सबै खुसी नहुने तर पीडितहरु भने खुसी हुने दाबी गरेका छन् । बिहीबार कानुन न्याय तथा मानव अधिकार समितिमा भइरहेको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन्।
‘डलर खाएर खेती गर्नेहरुको मनमा चसक्क परेको होला तर द्वन्द्व पीडितहरु खुशी छन्’ उनले भने । सांसद घर्तीमगरले सोही प्रसंगमा ‘हाँसी राख न माया बोली राख न’ भन्ने गीत सुनाउँदै व्यंग्य समेत गरे ।
उनले शीर्ष नेतामा यो गीत लागू हुनुपर्ने समेत बताए। टीआरसी विधेयकमा ऐतिहासिक सहमति भएको भन्दै उनले यसलाई पारित गरेर जानुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’