आरबीआईले लगातार नवौँ पटक पनि यथावत् राख्यो रिपो दर
बिहीबार, २४ साउन २०८१, १२ : १९
![आरबीआईले लगातार नवौँ पटक पनि यथावत् राख्यो रिपो दर](https://npcdn.ratopati.com/media/news/rbi_F7t4DENGAL.png)
नयाँ दिल्ली । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले प्रमुख ब्याजदर यथावत् राखेको छ । ६ अगस्टबाट सुरु भएको मौद्रिक नीति समीक्षा बैठक सकिएपछि बैंकले रिपो दर साढे ६ प्रतिशतमा यथावत् राखने निर्णय गरेको हो । योसँगै लगातार नवौँ पटक पनि प्रमुख ब्याजदर यथावत् राखिएको छ ।
केन्द्रीय बैंकको निर्धारित सीमा भित्र महँगीलाई राखेर कर्जा र आर्थिक वृद्धिलाई गति दिने उद्देश्यले नीतिगत दरलाई यथावत् राखेको आरबीआईका गभर्नर शक्तिकान्त दासले भनेका छन् ।
साथै बैंकले मार्जिनल स्ट्यान्डिङ फ्यासिलिटी (एमएसएफ) र स्ट्यान्डर्ड डिपोजिट फ्यासिलिटी (एसडीएफ) दर पनि क्रमशः ६ दशमलव ७५ प्रतिशत र ६ दशमलव २५ प्रतिशतमा यथावत् राखेको छ । आरबीआईले अन्तिम पटक सन् २०२३ को फेब्रुअरीमा रिपो दरमा हेरफेर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
२ करोड ७९ लाख धरौटी बुझाइसकेका रवि लामिछानेसँग कति छ सम्पत्ति ?
-
अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोको दोस्रो विमान पनि जफत
-
ट्रम्पको निमन्त्रणामा अमेरिका जाँदै मोदी
-
गाउँदा गाउँदै स्टेजमै भक्कानिएकी एलिनालाई ऋचा शर्माको ढाडस
-
हरिवंशको भूठानले पायो हलिउड डिष्ट्रिब्यूटर