आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हवाई दुर्घटनाको जरा खोज्न अन्तर्राष्ट्रिय विज्ञ कमिटी गठन गर्नुपर्छ : पर्यटन सचिव

बिहीबार, २४ साउन २०८१, १२ : १२
बिहीबार, २४ साउन २०८१

काठमाडौँ । संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले नेपालको उड्डयन क्षेत्र सुधारमा अव बन्ने विधेयकले समग्र पक्षलाई समेट्ने विश्वास व्यक्त गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकमा सचिव पाण्डेले मन्त्रालयमा विज्ञताको समेत समस्या भोग्नुपरेको बताए । उनले बुधवार मात्र भएको हवाई दुर्घटनाको जरा खोज्न अन्तर्राष्ट्रिय विज्ञ राखेर कमिटी गठन गर्नुपर्ने बताए । 

‘मन्त्रालयमा विज्ञताको समस्या छ’, उनेले भने, ‘एक जना टेक्निकल हेर्ने सहसचिव पनि निलम्बनमा हुनुहुन्छ ।’ उनले क्यानलाई दुई भागमा विभाजन गर्न जरुरी रहेको भन्दै अप्रेसन र रेगुलेसन छुट्टाएर आयोग बनाउने विषयमा सोच्नुपर्ने बताए ।  

उनले नेपालको हवाई क्षेत्रमा सुधार आए पनि दुर्घटनामा कमी नआएको स्वीकार गर्दै आइकाओको स्ट्याण्डर फलो गरिरहेको दाबी गरे । ‘इयुको अडिट अनुसार टेक्निकल क्यापिसीटी रिफर्म प्लान बनाएका छौँ । रेगुलेटेट अथोरिटी सेपेरेट हुनुपर्छ’, उनले भने, ‘हामी विधेयकको तयारीमा छौ । जुन विधेयक जान्छ त्यो टोटल आइकाओको स्ट्याण्डर, इयुको स्ट्याण्डर पनि मिट गर्छ र सिकागो सन्धीका प्रावधानहरु पनि मिट गर्छ । जसले गर्दा सिभिल एभिएसन सेक्टर सिस्टमेटिकल्ली कुनै कुरामा समस्या आउन हुँदैन भन्नेमा मन्त्रालय पूर्ण रुपमा सचेत छ, र त्यो अनुसारको तयारी पनि भइरहेको छ ।’ 

उनले बुधवार मात्र नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन आयोग बनिसकेकाले त्यसबारे अहिले नै बोल्नु उपयुक्त नहुने धारणा राखे ।  कार्यक्रममा मन्त्री बद्री पाण्डेले हवाई सुरक्षाका सम्बन्धमा नीतिगत समस्या, प्राविधिक समस्या, नियमन स्थितिका सम्बन्धमा मन्त्रालयलाई निर्देशन दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप