बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

जब एक भारतीय खेलाडीले आफ्नो कार्ड प्रयोग गरेर बहिनीलाई ओलम्पिक भिलेजमा प्रवेश गराउन खोजिन् !

पेरिस ओलम्पिकको यो अपत्यारिलो घटना
बिहीबार, २४ साउन २०८१, १२ : ०३
बिहीबार, २४ साउन २०८१

काठमाडौँ । पेरिस ओलम्पिकमा भारतको कुश्ती टोली एकपछि अर्को बिवादमा फस्नेक्रम जारी छ । भारतीय कुश्ती खेलाडी विनेश फोगाट आफ्नो स्पर्धाको फाइनलमा पुगेर अयोग्य घोषित भएको समाचार सेलाउन नपाउँदै भारतको कुश्ती टोलीमा अर्को घटना भएको छ ।

पेरिस ओलम्पिकमा भारतीय कुश्ती खेलाडी अन्तिम पंघालमाथि आफ्नो एक्रिडिएसन कार्ड प्रयोग गरेर बहिनीलाई ओलम्पिक भिलेजमा प्रवेश गराएको आरोप लागेको थियो । १९ वर्षीया अन्तिम पंघालले पेरिस ओलम्पिकमा महिला ५३ केजी तौल समूहमा सहभागिता जनाएकी हुन् ।  

पेरिस ओलम्पिकको स्थानीय आयोजकले अन्तिम पंघालको बारेमा भारतीय ओलम्पिक कमिटीमा उजुरी गरेको थियो । उनीमाथि आफ्नो एक्रिडिएसन कार्ड (अनुपति–पत्र) प्रयोग गरेर आफ्नी बहिनीलाई ओलम्पिक भिलेजमा प्रवेश गराएको आरोप लगाइएको थियो ।

ओलम्पिकजस्ता ठुला प्रतियोगितामा ओलम्पिक भिलेजलाई अत्यन्तै संवेदनशील क्षेत्र मानिन्छ । ओलम्पिक भिलेजमा खेलाडी, प्रशिक्षकलगायतका ब्यक्तिले मात्र प्रवेश पाउँछन् । अन्तिम पंघालको बहिनीलाई अनधिकृत रुपमा ओलम्पिक भिलेजमा प्रवेश गराउन कुश्ती टोलीका अन्य सदस्यले पनि सहयोग पुर्याएको आरोप लगाइएको थियो ।

उजुरी परेपछि भारतीय ओलम्पिक कमिटीले पनि यस विषयमा छानबिन गरेको थियो । छानबिनमा पंघालसँगै कुश्ती टोलीका अन्य सदस्य पनि दोषी देखिएका थिए । त्यसपछि अन्तिम पंघालसँगै भारतीय कुश्ती टोलीका सबै सदस्यलाई ओलम्पिक भिलेज छाड्न निर्देशन दिइएको थियो ।

अहिले भारतीय कुश्ती टोलीका सबै सदस्यलाई भारत फिर्ता पठाउने तयारी भइरहेको समाचारमा जनाइएको छ । अन्तिम पंघालकी बहिनीले दिदीको एक्रिडिएसन कार्ड प्रयोग गरेर ओलम्पिक भिलेजमा प्रवेश गर्ने प्रयास गरे पनि सुरक्षा अधिकारीहरुले उनलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि ओलम्पिक भिलेजका सुरक्षाकर्मीहरुले अन्तिम पंघालकी बहिनीलाई स्थानीय प्रहरीमा बुझाएका थिए । त्यसको जानकारी भारतीय ओलम्पिक कमिटीलाई गराइएको थियो । त्यसपछि भारतीय ओलम्पिक कमिटीको अनुरोधमा प्रहरीले अन्तिम पंघालकी बहिनीलाई होटेलमा पठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप