शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

पिपुल्स इनर्जीले आइपीओ जारी गर्दै, बोर्डसँग माग्यो अनुमति

बिहीबार, २४ साउन २०८१, ११ : ५८
बिहीबार, २४ साउन २०८१

काठमाडौँ ।  पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड  (सेबोन) सँग अनुमति मागेको छ । 

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो । आइपिओ जारी गर्न सबै प्रक्रिया पुरा गरी बोर्डमा आवेदन दिइएको पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । 

कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ । पिपुल्सलाई आइपीओ जारी गर्न विद्युत नियमन आयोगले गत २२ साउनमा सहमति दिएको थियो । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्काशन प्रक्रिया अघि बढाउनेछ । 

कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

२०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका हेडवक्र्स, इन्टेक, सुरुङ्, विद्युत गृहलगायत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए । 
आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानकार्य जारी छ ।  आयोजनाबाट उत्पादित विद्युत गर्ज्याङ्ग–खिम्ती शवस्टेशनमा चार्ज गर्ने गरी भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) १ सय ३२ केभी क्षमताको प्रसारण लाइन  निर्माणको कामसमेत जारी रहेको अर्यालले बताए । 

सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको उक्त आयोजनाको हालसम्म ८०  प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप