अर्थ समिति बैठक
सांसद थापाको प्रश्न– बजार चलिरहेको अवस्थामा किन बैठक राख्नुभयो ?
बिहीबार, २४ साउन २०८१, ११ : ५५

काठमाडौं । सांसद सूर्य थापाले पुँजीबजार चलिरहेको अवस्थामा किन बैठक राखेको भनेर प्रश्न राखेका छन् । बिहीबार अर्थ समितिको बैठकमा सभापति सन्तोष चालिसेले धितोपत्र बोर्डका अध्यक्ष महेश बराललाई पुँजीबजारको सन्दर्भमा बोल्न दिएलगत्तै सांसद थापाले पुँजी बजार ऐनसम्बन्धि व्यवस्थाविरुद्ध किन बैठक राखेको भनेर प्रश्न गरेका हुन् ।
‘धितोपत्र तथा पुँजी बजार ऐनले बजार चलिरहेको अवस्था बजारलाई प्रभाव पार्नेगरी कुनै काम कारबाही गर्न नहुने भन्ने व्यवस्था छ । यो व्यवस्था कम्पनीहरुका लागि मात्र होइन हामीलाई पनि लागू हुन्छ,’ थापाले भने, ‘फेरि बजार चलिरहेकै अवस्थामा किन बैठक राखियो ?’
प्रतिउत्तरमा सभापति चालिसेले बजार प्रभावित हुने गरी नभई वर्तमान धितोपत्र बोर्ड र बजारको समग्र अवस्थाका बारेमा मात्र छलफल गरिने हुँदा बैठक सान्दर्भिक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान
-
अष्ट्रेलियामा ‘मिसेस नेपाल अष्ट्रेलियामा’ हुने
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान