इङ्गेजमेन्ट गर्दैछन् नागा चैतन्य र सोभिता धुलिपाला
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले इङ्गेजमेन्ट गर्दैछन् । सामन्था रुथ प्रभुसँग सम्बन्ध विच्छेदपछि अभिनेता शोभितासँग सम्बन्धमा रहेको खबर सुन्नमा आइरहेको थियो । अव दुवैले सम्बन्धलाई नयाँ नाम दिने तयारी गरेको बताइएको छ ।
नागा चैतन्य र शोभिता धुलिपालाले बिहीबार मगनी गर्न लागेको भन्दै द ग्रेट आन्ध्राले समाचार छापेको छ । नागा चैतन्यका पिता दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनले उनीहरूको सम्बन्धलाई अफिसियल बनाउने आशा गरिएको छ ।
नागा चैतन्य र शोभिता धुलिपाला विगत केही वर्षदेखि एक अर्कालाई डेट गरिरहेका थिए । उनीहरूबिच सम्बन्ध रहेको सामाजिक सञ्जालका पोस्टबाट अड्कलबाजी सुरु भएको थियो । यी दुबैले आफ्नो सम्बन्धबारे कहिल्यै मुख खोलेनन् । तर यतिबेला भारतीय सञ्चारमाध्यममा दुवैले आज मगनी गर्न लागेको चर्चा छ ।
अभिनेताको आवासमा यो मगनी हुनसक्ने बताइएको छ । पछिल्लो समय यो जोडी प्रायः सँगै देखिने गरेका छन् । नागा चैतन्यका पिता नागार्जुनले यस मगनीबारे एउटा नोट जारी गर्ने बताइएको छ । शुक्रबार इन्गेजमेन्टको तस्बिर सार्वजनिक हुन सक्ने स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालद्वारा थाइल्याण्डसामु १ सय २ रनको लक्ष्य प्रस्तुत
-
आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल सञ्चालन
-
माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छ : प्रचण्ड
-
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता
-
नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने
-
एलिनाले भनिन्– ‘विवाह गर्न हतार गरेछु’