भू–संरक्षण र जलाधार व्यवस्थापनमा संवेदनशील नभए अवस्था भयावह हुनसक्छ : गणेश पौडेल
नेपाल प्राकृतिक र भौगोलिक रुपमा संवेदनशील मुलुक मानिन्छ । बर्सेनि बाढी, पहिरो र अन्य प्राकृतिक विपद्का घटनाहरू बढिरहेका छन् । जलवायु परिवर्तनको असर प्राकृतिक र भौगोलिक क्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ । बाढी पहिरोको जोखिम र नेपालको भू संरक्षणको वर्तमान अवस्थालाई लिएर वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक गणेश पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय तराईमा बाढी तथा पहाडमा पहिरोको जोखिम निकै छ । काठमाडौं उपत्यका पनि बाढीको चपेटामा छ । वास्तवमा अहिले देशमा भू–संरक्षणको अवस्था चाहिँ कस्तो छ ?
वन तथा भू–संरक्षण विभागमा जलाधार तथा पहिरो व्यवस्थापन महाशाखा प्रमुखका रूपमा पनि कार्यरत छु । नेपालमा भू–संरक्षणको अवस्था हेर्दा नेपालमा ८३ प्रतिशत भिरालो जमिन छ । १७ प्रतिशतमात्र सम्म परेको जमिन छ । भिरालो जमिन पनि कम भौर्गविक अवस्थाको छ । जसले गर्दा भू–संरक्षणसँग सम्बन्धित नठानिएका प्राकृतिक विपद्, बाढी, पहिरो जस्ता घटनाहरू विगतदेखि नै भइरहेका छन् । पछिल्लो दिनमा जलवायु परिवर्तनको असरसँगै मानवीय क्रियाकलापले गर्दाखेरि अझ बढी बाढी र पहिरोका घटनाहरू बढिरहेका छन् । मुख्य कुरा के हो भने वर्षामा पानीलाई हाम्रो जमिनले कतिसम्म सोसेर राख्नसक्छ, यही कुराले बाढी र पहिरो कतिआउने भन्ने कुरा निर्भर गर्छ । एकातिर पानी पर्ने प्रक्रियामा परिवर्तन आएको छ, एकैचोटी औसतभन्दा बढी पानी पर्ने भइरहेको छ भने अर्कोतिर पूर्वाधार विकासका कामहरूले गर्दा पनि पहिरो र बाढीका घटनाहरूमा उल्लेख्य वृद्धि भएका छन् । नेपालमा यति धेरै सडक खनिएका छन् कि जसले गर्दा जमिन नै एक्सपोज भएको छ । मुख्यतः यिनै कारणले प्राकृतिक विपद्का घटनाहरू बढिरहेका छन् ।
नेपालको भौगोलिक अवस्था र यहाँको माटोलाई अझ बढी जोखिमयुक्त मानिन्छ । नेपालको माटो कमजोर हुँदै जानुको पछाडिको कारण के हो ?
मैले अघि नै भनिसके हाम्रो भिरालो जमिन छ । जमिनको कमजोर भौगर्विक अवस्था छ । जुनएकदमै संवेदनशील हुन्छ, त्यसकारण पहाडहरू पहिरोको एकदम जोखिममा छन् । हाम्रो विभागले विगत चार वर्षदेखि गरेको अध्ययनमा दुई शेक्टरभन्दा ठुला पहिरो नै १६ हजार भन्दा बढी रेकर्ड गरिसकेका छौँ । नेपाल जस्तो सानो भौगोलिक क्षेत्रफल भएको देशमा पहिरोको अवस्था भयावह छ । यसमा प्राकृतिक कारण एकातिर छ भने मानव सिर्जित कारणहरू अर्कातिर छन् । बन विनाश,अवैज्ञानिक खेती प्रणाली, पूर्वाधार विकासले गर्दा पहिरोको घटनाहरू बढ्दै गएका छन् । जसले माटो कमजोर बनाइदिएको छ ।
त्यसोभए पूर्वाधार विकासमा राज्यले ध्यान नपुर्याउनु नै मुलुकमा बाढी पहिरोले वितण्डा मच्चाउनुको मुख्य कारण हो त ?
हामीले पूर्वाधार निर्माणका काम गर्दा सस्टेनेवल बेस सोलुसन अवधारणा अपनाउन सक्नुपर्छ । उदाहरणका लागि कुनै सडक एउटा एलाइनमा बनेको भएपनि सडक छेउछाउ थुप्रै गल्छी र खहरेहरु छन् । सिमलतालको घटना हेर्ने हो भने त्यो सडकमाथि खहरे थियो । त्यो खहरेमा स्पोलोइड भएको थियो । त्यस्ता खहरेहरुमा समयमै उपचार गर्न सकिएन भने पूर्वाधारलाई क्षति गर्छ नै । उपचार भनेको के हो भन्नुहोला भने त्यहाँ रोक्नको लागि ड्याम बाध्ने हो कि ? वृक्षारोपण गर्ने होकि ? माथिबाट जुन लेदो आउँछ त्यसलाई माथि नै रोक्नका लागि काम गर्नुपर्छ । यसो गर्दा ती खहरेका तलमुनि रहेका पूर्वाधारहरूमा क्षति हुँदैन ।
नेपालमा प्राकृतिक विपद्का घटनाहरूमा तराई, पहाड अथवा हिमाल कुन बढी संवेदनशील छ ?
एक हिसाबले समग्र नेपाल नै संवेदनशील जोनमा नै रहेको छ । तर सामान्यतः चुरे क्षेत्र अलि बढी संवेदनशील मानिन्छ । एउटा प्राकृतिक हिसाबले र अर्को मानवीय चापका कारणले अलि बढी संवेदनशील मानिन्छ । पूर्व–पश्चिम राजमार्ग बनिसकेपछि त्यहाँ भएको सहरीकरणले गर्दा स्रोत साधानमा एकातिर बढी चाप छ भने अर्को त्यो आफैँमा कमजोर भूभाग हो । तर हाम्रा सबै इकोसिस्टमहरु कमजोर रहेका छन् । पछिल्लो समय हिमालयहरूमा समेत जलवायु परिवर्तनको असर देखिन थालेको छ । जसका कारणले हिम पहिरो जाने समस्याहरु आइरहेका छन् । यसकारण हाम्रा सबै क्षेत्रहरू संवेदनशील रहेका छन् । प्राकृतिक विपद्का घटनाहरू बढिरहेका छन् ।
जलवायु परिवर्तनका कारणले गर्दा भू–बनोटमा कस्तो असर परेको छ ?
जलवायु परिवर्तनले हाम्रोजस्तो देशमा विषेशगरी तापक्रम र वर्षाको प्रक्रिया नै अनियमित बनाइदिएको छ । जसका कारण माटोले जति थेग्न सक्छ, त्योभन्दा एकैचोटी धेरै पानी परिदियो भने भौगोलिक अवस्थाले थेग्न सक्ने अवस्था छैन । त्यसकारण पहिरोका समस्याहरू सृजित हुन्छन् । धेरै पानी पर्नु पनि जलवायु परिवर्तनको असर हो भने औतसभन्दा कम पानी पर्नु पनि जलवायु परिवर्तनको असर हो । अब यसको न्यूनीकरणका लागि जलाधार र भू–संरक्षणका कार्यक्रमहरू सरकारले अगाडि सार्नु आवश्यक रहेको छ । यसो गर्दा अधिक पानी परेको ठाउँमा सोसेर राख्छ, कालन्तरमा पानीका मूलहरूबाट डिस्चार्ज हुन्छ । यसो गर्दा समयअनुकल मिलाउन सकिन्छ ।
माटोको जर्गेना र संरक्षण गर्नका लागि चाहिँ बाँस बिरुवा लगाउने मात्र हो कि ?त्यो बाहेक अरु पनि उपाय छन् ?
यसमा प्राविधिक हिसाबले सोयल कन्र्जरभेसन टेक्निकहरु हुन्छन् । भू–संरक्षण र जलाधार व्यवस्थापनका प्रविधिहरू दुई भागमा बाँडेर हेर्न सकिन्छ । एउटा इन्जिनियरिङ स्टकचर्स जस्तै ड्यामहरुबाट पनि संरक्षण गर्न सकिन्छ । अर्कोवायो इन्जिनियरिङ प्रविधिबाट पनि काम गर्न सकिन्छ । त्यो भनेको इन्जिनियरिङ स्टक्चर र प्राकृतिक प्लान्टेसन बायो इन्जिनियरिङका प्रविधिहरूबाट पनि जोगाउन सकिन्छ ।
विभागले चाहिँ प्लान्टटेसन बाँसका बिरुवा लगाउने ड्यामहरु बनाउने यसरी हामी प्रकृतिमा आधारित समाधान भन्छौँ । प्राथमिकता चाहिँ प्राकृतिक समाधानलाई नै अपनाएर काम गर्नु छ ।
काठमाडौं उपत्यकालाई पनि संवेदनशील नै मानिन्छ । बढ्दै गएको सहरीकरण अव्यवस्थित घर निर्माण, जग्गा प्लानिङहरु बढी मात्रमा भइरहेका छन् यसलाई एकदमै संवेदनशील मानिन्छ । काठमाडौँको माटो कस्तो हो ?यसमा कस्तो खालको कामहरू गरेको भए अहिलेको अवस्था भोग्नुपर्ने थिएन ?
काठमाडौं उपत्यकाको इतिहासले नै के भन्छ भने पहिला ताल थियो । पहाडबाट बगेर आएको उर्बर माटो थुप्रियर नै काठमाडौं उपत्यका बनेको हो । मलाई लाग्छ काठमाडौँको जीवनस्तर भनेको चारैतिरका डाँडाकाँडामा भएका जंगलहरु त्यहाँका खेती योग्य जमिनहरु नै हो । अहिले पछिल्लो समयमा काठमाडौंका जंगलहरु खेतीयोग्य जमिनमा पनि सहरीकरण भइरहेको छ । जुन डाँडामा पानी पर्दथ्यो र सोस्ने गर्दथ्यो त्यो अहिले डाँडाले पानी सोस्न पाएको अवस्था छैन । त्यहाँ घर र सडक बनेका छन् । त्यो सोझै खोलानालामा पुगेको अवस्था छ । सहरीकरणलाई त हामी रोक्न सक्दैनौँ तर स्टक्चरहरुमा चाहिँ ध्यानदिनैपर्छ । बन जङ्गल राखियो बने बनले पानी सोस्ने र बाढी कम हुने पनि हुन्छ ।
भू–संरक्षण तथा जलाधारको संरक्षणमा तीन तहको सरकारबिच समन्वय नभएको जस्तो देखिन्छ । सरकारको कानुनी तथा नीतिगत समस्या भएर हो त ?
०७५ सालभन्दा अगाडि हामीले एकात्मक ढंगले काम गरिराखेका थियौँ । अहिले तीन तहका सरकारहरू छन् । यसमा आवश्यक समन्वयको अभाव छ । समन्वय हुँदै नभएको त होइन तर जुन स्तरमा प्रभावकारी समन्वय हुनुपर्दथ्यो त्यो चाँही नभएको अवस्था छ । एउटा सङ्घीय सरकार छ, त्यसको बन तथा भू संरक्षण विभाग हामी भयौँ । प्रदेश सरकारको भू तथा जलाधार व्यवस्थापन कार्यलयहरु छन् र स्थानीय तह छ । सङ्घीय सरकारको भूमिका के हुनुपर्दथ्यो भने एकदमै प्रदेश र स्थानीय तहलाई सुसूचित गर्ने दायित्व सङ्घीय सरकारकै हो । सङ्घीय सरकारले बनाएको बृहत् योजना अन्तर्गत रहेर प्रदेशका कार्यालयहरूले जलाधार संरक्षणको काममा लाग्ने स्थानीय तहमा पनि भू संरक्षणका कार्यक्रमहरू अगाडि बढाउनुपर्छ । स्थानीय तहमा जलाधार सम्बन्धी हेर्ने जनशक्ति छैन अथवा प्राथमिकतामा नपर्न सक्छ । किनकी थुप्रै विकास निर्माणको कामहरू गर्नुपर्ने हुन्छ । सङ्घीय सरकारमा चाहिँ फिल्ड स्तरमा सिमित कार्यालयहरू छन् । विभागअन्तर्गत अहिले कोशी गण्डकी कर्णाली, महाकाली र एउटा स्रोत केन्द्र मात्रै छ । फिल्डस्तरमा कार्यालयहरू छैनन् । फिल्ड स्तरमा प्रदेश र स्थानीय तहमा छ, उहाँहरूलाई टेक्नोलोली ट्रान्सफर र व्यवस्थित योजनाहरू ओरेन्ट गर्न सकियो भने भू तथा जलाधार व्यवस्थापन गर्ने काम प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ ।
हजुरहरुको डाटाले देशको कुनचाँही भू भागमा जोखिममा छ ?भू संरक्षण र जलाधारको हिसाबले ?
नेपाल आफैँमा संवेदनशील हो । त्यसमध्येमा पनि चुरे क्षेत्र अलि बढी प्रभावित छ । प्राकृतिक कारण र मानवीय दुई कारण चुरेमा अलि बढी ध्यान दिनुपर्छ ।
भू संरक्षण र जलाधारको विभागको महत्व र प्रभावकारितालाई तपाईँले कसरी हेर्नु भएको छ ?
नेपालमा पहिला भू तथा जलाधार संरक्षण विभाग थियो अहिले वन तथा भू संरक्षण विभाग भएको छ । नेपालमा जलाधारको समुचित व्यवस्थापन बिना समृद्धि सम्भव छैन । जलाधारको समुचित व्यवस्थापन गर्न नसके अझ बढी विपद् र डुबान, बाढी पहिरो, खानेपानीको सङ्कट र मरुभूमिकरणको यात्रा तय हुनु हो । अहिले विश्वव्यापी रूपमा नै जलवायु परिवर्तन र जलाधार व्यवस्थापनलाई जोडेर हेर्ने गरिन्छ । जलाधार व्यवस्थापनलाई प्रभावकारी रूपमा अगाडि लान सकियो भने जलवायु परिवर्तनबाट हुने असरहरूलाई धेरै हदसम्मकम गर्न सकिन्छ । हामीसँग एउटा समस्या भनेको श्रोतको समस्या छ । अर्कोतिर एक्सनहरु रेजिजेन्ट खालका छैनन् । श्रोतको समस्या समाधान गर्न थुप्रै अवसरहरु पनि छन् । विश्वव्यापी रूपमा क्लाइमेट फाइनान्सको समस्या छन्, त्यस्ता प्रोजेक्टहरु विकास गरेर विश्वव्यापी अर्थतन्त्र भित्रयाएर जलाधार व्यवस्थापनका कामहरू गर्दै जलवायु परिवर्तनको असरहरूलाई हामीले निकारकण गर्न सक्छौँ ।
बन तथा भू संरक्षण विभाले सरकारले दिनुपर्ने सुझाव र माग के छ ?
नेपालमा जलाधारको समुचित व्यवस्थापन हुन सकेन । भविष्यमा एकदमै ठुलो सङ्कट ल्याउन सक्छ । यसले समृद्धिको विकासलाई एकदमै ठुलो दखल पुर्याउन सक्छ । त्यसैले हामीले समयमा नै समस्याहरू पहिचान गरी विकास निर्माणका कार्यक्रमहरूलाई जलवायुमैत्री बनाउँदै क्षेत्रगत नीतिहरूमा पनि वातावरण संरक्षणलाई समावेश गराउनै अगाडि बढ्न आजको आवश्यकता रहेको छ । नेपाल न्युज बैंक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाडो याममा कस्ता खाना खाने ?
-
नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला
-
महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने
-
पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते
-
नेपाल प्रिमियर लिग : प्रचण्ड र देउवाद्वारा उपाधि वितरण (तस्बिरहरु)
-
गाजामा २० लाखभन्दा बढी मानिस फसे : संयुक्त राष्ट्रसङ्घ