तेक्वान्दो प्रशिक्षक तथा रेफ्री अधिकारी कोरियामा सम्मानित
_HCFc7L5HTf.jpg)
सोल । विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ का दौरान दक्षिण कोरियामा गएका तेक्वान्दो प्रशिक्षक एवम् राष्ट्रिय रेफ्री जगन अधिकारीलाई योगदानको कदर गर्दै नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ ।
विगत लामो समयदेखि जीविकोपार्जनका लागि युएईमा रहेका यूएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री एवम् तेक्वान्दो प्रशिक्षक अधिकारीलाई नुवाकोट समाज दक्षिण कोरियाको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको बृहत् वनभोज तथा भेटघाट कार्यक्रमको अवसर पारेर सम्मान गरिएको हो ।
नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष बुद्धि बहादुर तामाङ र एनआरएनए एनसीसीका निवर्तमान सदस्य सोम वाइवा तामाङले अधिकारीलाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए । त्यसैगरी, नुवाकोट समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार रामकुमार गौतम, तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्यान्ताङ, जनप्रगतिशिल मञ्च दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष जीवन खतिवडा लगायतले दोसल्ला ओढाएका थिए ।
विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुन युएईमा रहेका नेपाली खेलाडीहरु अधिकारीकै नेतृत्वमा दक्षिण कोरिया गएका थिए । ह्याण्ड नाइफ ब्रेकिङ विधामा समेत सहभागिता जनाएका उनले फाइनलसम्मको यात्रा तय गरे पनि पदकविहीन हुनु परेको थियो ।
गत फेब्रुअरीमा अमेरिकामा विश्व वरीयता जी–२ २०२४ यूएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका अधिकारी विगत एक दशकदेखि युएईमा रहेर युएईमा तेक्वान्दोको राष्ट्रिय रेफ्री तथा प्रशिक्षकको रूपमा कार्य गर्दै आइरहेका छन् । उनले नेपाली, अरबिक, कोरिएन, फिलिपिन्स लगायतका खेलाडीहरूलाई प्रशिक्षण गराई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?
-
‘जनै हराएको बाहुन’ भदौमा रिलिज हुने