पेरिस ओलम्पिक : पदक तालिकामा अमेरिकाको अग्रता कायमै, पछ्याउँदै चीन

काठमाडौँ । फ्रान्सको राजधानी सहर पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद उत्तरार्धतर्फ लम्किएको छ । प्रतियोगिता सकिन तीन दिन बाँकी रहँदा पदक तालिकामा अमेरिकाले आफ्नो अग्रता कायमै राखेको छ ।
अमेरिकाले हालसम्म २७ स्वर्ण, ३५ रजत र ३२ कांस्यसहित कुल ९४ पदक जितिसकेको छ । पदक तालिकाको दोस्रो स्थानमा आसीन चीनले अमेरिकालाई पछ्याउने क्रम जारी छ । २५ स्वर्ण, २३ रजत र १७ कांस्यसहित कुल ६५ पदक जित्दै चीन तालिकाको दोस्रो स्थानमा आसीन छ ।
तेस्रो स्थानमा आसीन अस्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कांस्यसहित कुल ४१ पदक हात पारेको छ । १३ स्वर्ण, १७ रजत र २१ कांस्यसहित कुल ५१ पदक जित्दै आयोजक राष्ट्र फ्रान्स तालिकाको चौथो स्थानमा छ ।
तालिकाको पाँचौँ स्थानमा आसीन बेलायतले १२ स्वर्ण, १७ रजत र २० कांस्यसहित कुल ४९ पदक कुम्ल्याएको छ । दक्षिण कोरिया १२ स्वर्ण, आठ रजत र सात कांस्यसहित कुल २७ पदक जित्दै छैटौँ स्थानमा रहेको छ ।
यसैगरी, १२ स्वर्ण, ६ रजत र १३ कांस्यसहित कुल ३१ पदक जित्दै जापान सातौँ स्थानमा छ । आठौँ स्थानमा आसीन इटालीले नौ स्वर्ण, १० रजत र आठ कांस्यसहित कुल २७ पदक चुमेको छ । नवौँ स्थानमा रहेको नेदरल्यान्ड्सले नौ स्वर्ण, पाँच रजत र ६ कांस्य पदक हात पारेको छ ।
यसैगरी, आठ स्वर्ण, पाँच रजत र पाँच कांस्यसहित कुल १८ पदक जित्दै जर्मनी तालिकाको १०औँ स्थानमा छ । हालसम्म ४८ राष्ट्रले स्वर्ण पदक जितिसकेका छन् । पदक तालिकामा ७२ राष्ट्रले आफ्नो उपस्थिति दर्ता गराइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा