अमेरिकी दूतावासमा जलवायु संकटबारे आदिवासी महिलाहरुसँग छलफल
बुधबार, २३ साउन २०८१, २१ : ५८

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले ‘जलवायुमा आदिवासी महिला नेतृत्वकर्ताहरू’ विषयक छलफल कार्यक्रमको आयोजना गरेको छ । बुधबार दूतावासमा आयोजना गरिएको कार्यक्रममा जलवायु संकटको समाधान खोज्न आदिवासी समुदाय र महिलाहरूले महत्वपूर्ण भूमिका खेल्ने विषयमा छलफल भएको अमेरिकी दूतावासले जनाएको छ ।
सो कार्यक्रममा आफ्नो विशेषज्ञता र अनुभवहरू साट्न विभिन्न संस्थाका आदिवासी जनजाति महिलाहरूले एकसाथ छलफल गरेका छन् । जलवायु परिवर्तनका कारण जोखिममा रहेका समुदायलाई कसरी असर गर्छ र यसले बसाइँसराइ र रित्ता गाँउ–शहरहरूको सम्भावना कसरी बढ्छ भन्ने विषयमा महिलाहरूले छलफल गरेको दूतावासले जनाएको छ ।
उनीहरूले यी परिवर्तनलाई अनुकूलन गर्न र सांस्कृतिक सम्पदाको संरक्षण गर्न अन्तरपुस्ताको ज्ञानले कसरी महत्त्वपूर्ण भूमिका खेल्छ भनेर पनि छलफल गरेको दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत