सरकारी अस्पतालहरूमा डेंगु संक्रमणका बिरामीको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारी अस्पतालहरूमा डेंगु संक्रमणका बिरामीको निःशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरूमा डेंगु संक्रमणका बिरामीको निःशुल्क उपचारको व्यवस्था मिलाउने जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मंगलबार भएको छलफलमा अनुसार डेंगु संक्रमणका बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय भएको हो । पछिल्लो तथ्यांक अनुसार देशभर २ हजार ३६५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये तनहुँमा एक ५० वर्षीया दीर्घरोगी पुरुषको मृत्यु भएको छ ।
हालको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा बिरामीहरूको संख्यामा वृद्धि नभएता पनि जोखिम कायम रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतका विभाग, महाशाखा तथा केन्द्रहरू मार्फत डेंगुको अवस्थाको निरन्तर निगरानी र पूर्वतयारी तथा प्रतिकार्यका गतिविधिहरू सञ्चालन भइरहेको मन्त्रालयले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा
-
फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’
-
झापामा करेन्ट लागेर युवकको मृत्यु