घर काम गर्ने नै चोरी गरी फरार
बुधबार, २३ साउन २०८१, २१ : ०५

लमजुङ । घरायसी काम गर्न राखेका एक व्यक्तिले नै घरमा चोरी गरेर फरार भएका छन् । बेसीसहर नगरपालिका-११ तिनपिप्ले बस्ने ५५ वर्षीया पार्वती श्रेष्ठको घरबाट नगद ५ लाख रुपैयाँ बुधबार दिउँसो चोरी भएको हो ।
पार्वतीकै घरमा घरायसी काम गरी बस्ने पाल्पा घर भएका ४० वर्षीय पुरुषले घरमा कोही नभएको अवस्थामा उक्त नगद चोरी गरी फरार भएका हुन् । चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चितिबाट खटिएको प्रहरीले उनको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता