बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

रामराज्यको तेस्रो श्रृंखला : चुस्त दुरुस्त सेवा–प्रवाहको मोडल प्रस्तुत गर्दै फिनल्यान्ड सरकार (भिडियो)

बुधबार, २३ साउन २०८१

काठमाडौँ । रातोपाटी टिभीमा प्रसारण हुँदै आएको कार्यक्रम ‘रामराज्य’को तेस्रो शृङ्खलामा बुधबार फिनल्यान्डको सुशासन एवं सेवा–प्रवाहको विषयवस्तु समेटिएको छ ।

रातोपाटी डटकमको युट्युब च्यानल (टिभी) मा हरेक बुधबार विभिन्न देशका आदर्श शासनको अभ्यास र उदाहरणीय प्रगतिलाई समेटेर ‘रामराज्य’ प्रसारण गर्ने गरिएको छ ।

फिनल्यान्डको सार्वजनिक प्रशासनको सेवा–प्रवाह संसारभर प्रशंसित रहेकाले यस पटक त्यहाँको कथा समेटिएको छ ।

भ्रष्टाचार नगण्य र सेवा प्रवाह निकै चुस्त दुरुस्त रहेको फिनल्यान्डको सरकार कसरी चल्छ भन्ने थाहा पाउन कार्यक्रम उपयोगी हुने विश्वास लिइएको छ । 

डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटीले आफ्नो युट्युब च्यानल (टिभी) मार्फत साउन पहिलो सातादेखि यो शृङ्खलाबद्ध कार्यक्रम प्रसारण गरिरहेको छ । 

सर्वोत्कृष्ट शासन या आदर्श शासनको प्रतीकका रूपमा लिइने ‘रामराज्य’ हरेक  बुधबार साँझ ७ बजे प्रसारण हुने गर्छ ।

रामराज्यको कल्पनालाई कुन मुलुकले कसरी वास्तविकतामा बदलेका छन् ? भनेर १२ शृङ्खला (एपिसोड)मा १२ देशको कथा समेट्ने लक्ष्य रातोपाटीले लिएको छ । 

विश्व क्रान्तिको इतिहाससम्बन्धी कार्यक्रम ‘उथलपुथल’को शृङ्खलापछि रातोपाटीले अर्को रोचक कार्यक्रम पस्किन थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया