श्रम कानुनको उल्लंघन मुद्दामा युनुसले पाए सफाइ
बुधबार, २३ साउन २०८१, १८ : १९

ढाका । बंगलादेशको एउटा श्रम अदालतले नोबेल पुरस्कार विजेता बंगलादेशी अर्थशास्त्री मोहम्मद युनुसलाई सफाइ दिएको छ । श्रम कानुनको उल्लंघन गरेको एउटा मुद्दामा अदालतले युनुस र ग्रामीण दूरसञ्चारका तीन शीर्ष अधिकारीलाई सफाइ दिएको हो ।
जनवरी १ मा ढाकाको एउटा श्रम अदालतले युनुस र ग्रामीण दूरसञ्चारका तीन शीर्ष अधिकारीलाई ६ महिनाको जेल सजाय तोकेको थियो ।
यी चार जनालाई जनही ३० हजार टाका जरिवाना तिर्न आदेश पनि दिइएको थियो । जनवरी २८ मा युनुससहित चारै जना सो सजायविरुद्ध श्रम पुनरावेदन अदालतमा जाहेरी दिएका थिए ।
श्रम कानुनको दफाअनुसार उनीहरूलाई सजाय दिइएको थियो । त्यसमा अधिकतम ६ महिनाको जेल सजाय तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म