आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
एयर डाइनेस्टी दुर्घटना

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन

बुधबार, २३ साउन २०८१, १७ : ५७
बुधबार, २३ साउन २०८१

काठमाडौँ । बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले तीन सदस्यीय छानबिन समिति गठन गरेकाे छ । बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हाे ।

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार छानबिन समितिको सदस्यहरूमा एरोनोटिकल इन्जिनियरहरु विष्णु बस्नेत र तनुजा पोखरेल रहेका छन् । समितिलाई प्रतिवेदन तयार गर्न ३० दिनको कार्यादेश दिइएको छ ।

बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप