दुर्घटना
सुर्खेत स्कुल बस दुर्घटना अपडेट : ११ जना घाइते, एक जनाको अवस्था गम्भीर
बुधबार, २३ साउन २०८१, १७ : ५४

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दुर्घटनामा परेको स्कुल बसमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको रातोपाटीलाई बताए ।
बुधबार डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस वीरेन्द्रनगर नगरपालिका–८, इत्राम खोलामा चिप्लिएर दुर्घटनामा परेको थियो । बस स्कुल बिदा भए घर फर्किँदै थियो । प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए ।
घाइतेलाई उद्धार गरेर स्थानीय देउती अस्पतालमा पठाइएको प्रवक्ता विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयूमा पहिलोपटक खेलकुद महोत्सव, देशैभरका क्याम्पसबाट पाँच हजार विद्यार्थी सहभागी
-
पूर्वप्रहरी महानिरीक्षक थापाको निधन
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ