राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय कांग्रेस केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदन गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले निर्णय सम्बन्धी प्रस्ताव बैठकले अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । महासमिति बैठकले गरेका प्रस्ताव परिमार्जनसहित केन्द्रीय समितिले अनुमोदन गर्ने निर्णय गरेको थियो । पदाधिकारीहरूले तयार गरेको परिमार्जन प्रस्ताव उपर बिहीबारदेखि छलफल हुन्छ’, बैठकपछि सञ्चारकर्मीलाई महतले बताए ।
असार १७ गते कांग्रेस र नेकपा एमालेबिच संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो ।
यस्तै भातृसंगठनहरुको अधिवेशन सम्बन्धमा निर्देशन समिति बनाउने विषयमा पनि छलफल हुने उनले बताए । यसैगरी महतले सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव पनि पेस भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्तीमा गोहीको गुँड खोज्दै चितवन राष्ट्रिय निकुञ्ज
-
पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ
-
एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्न पुगे मोर्चाका नेता
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिएको भन्दै सुवेदीले निकाले यस्तो विज्ञप्ति
-
कमेडियन कुणाल कामरालाई राहत, अदालतले दियो अन्तरिम अग्रिम जमानत