शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

शैतान २ को स्क्रिप्टमा काम सुरु

बुधबार, २३ साउन २०८१, १७ : १२
बुधबार, २३ साउन २०८१

नयाँ दिल्ली । अजय देवगनको शैतानको सिक्वेल आउने भएको छ । यतिबेला फिल्मको स्क्रिप्टमा काम सुरु भइसकेको र स्क्रिप्ट फाइनल भएपछि अजयको साथमा मेकरहरुले फ्लिमलाई कहिले फ्लोरमा लैजाने भनेर तय गर्ने बताइएको छ ।

शैतान यस वर्षको सबैभन्दा हिट फिल्ममध्ये एक हो । यो हरर फिल्मलाई दर्शकहरूले निकै माया दिएका थिए । स्क्रिप्ट राम्रो भयो भने फिल्मको सिक्वेललाई पनि दर्शकले उत्तिकै माया गर्छन् भन्ने आशा मेकरहरूले गरेका छन् ।

त्यसैले  स्क्रिप्टलाई ‘पर्फेक्ट’ बनाउन समय खर्चिरहेको बताइएको छ । स्क्रिप्ट तयार भएपछि मात्रै फिल्मलाई अगाडि बढाइने बताइएको छ । 

सक्सेसफुल फ्रेन्चाइजी फिल्म दिने एक्लो भारतीय अभिनेता बने अजय

अजय देवगन भारतीय सिनेमामा सक्सेसफुल फ्रेन्चाइजी फिल्म दिने एक्लो अभिनेता बनेका छन् । अजयको गोलमाल, सिंघम, धमाल, दृश्यम, रेड, दे दे प्यार दे फ्रेन्चाइजी फिल्म छन् ।

शैतान २ र सन अफ सरदार २ पनि आएपछि अजय सबैभन्दा सफल धेरै फ्रेन्चाइजीमा काम गर्ने एकमात्र भारतीय अभिनेता बनेका छन् । उनको एक्सन र ड्रामादेखि रोमान्स र कमेडीसम्मका हरेक फिल्मलाई दर्शकले निकै रुचाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप