शिवपुरी हेलिकप्टर दुर्घटनाप्रति कांग्रेसले गर्यो दुःख व्यक्त
बुधबार, २३ साउन २०८१, १७ : ०६
_FME5sTupOe.jpg)
काठमाडौँ । नेपाली कांग्रेसले नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ । बुधवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो ।
दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना भएको थियो । बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले दुर्घटनामा ज्यान गुमाएकोप्रति दुःख व्यक्त गर्दै भने– ‘हेलिकप्टर दुर्घटनामा चालक दलका सदस्यसहित चार चिनियाँ नागरिकले ज्यान गुमाएकोमा पार्टीले दुःख व्यक्त गरेको । त्यस विषयमा पार्टीले शोक वक्तव्य निकाल्नेछ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
-
डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा