आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

बुधबार, २३ साउन २०८१, १६ : ०७
बुधबार, २३ साउन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनापछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले १५ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद भएको भन्दै दुर्घटनाबारे केही बेरपछि बस्ने मन्त्रिपरिषद्को आकस्मिक बैठकमा छलफल हुने जानकारी दिए । साउन ९ गते सौर्य एयरको विमान काठमाडौँमा दुर्घटना भएको थियो । 

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरूसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप