क्याप्टेन र हेलिकप्टर दुवै यसअघि पनि दुर्घटना परिसकेका थिए
बुधबार, २३ साउन २०८१, १६ : ०६

काठमाडौँ । बुधबार नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन अरुण मल्ल यसअघि पनि दुर्घटनामा परेको खुलेको छ । सो दुर्घटनामा भने उनी सामान्य घाइते मात्र भएका थिए ।
सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा २०७० साल असोज १० गते भएको दुर्घटनामा मल्लसहित यात्रु दावाग्याल्जेन शेर्पा घाइते भएका थिए । एयर डाइनेस्टीकै ९एन–एईएक्स कल साइन भएको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको थियो ।
आज दुर्घटना भएको ९एन–एजेडी हेलिकप्टर पनि यसअघि दुर्घटनामा परिसकेको हेलिकप्टर हो । २०७९ साल चैत २५ गते ह्याम्स अस्पतालमा अवतरणका क्रममा यो हेलिकप्टर दुर्घटना भएको थियो ।
दुर्घटनाको क्रममा हेलिकप्टरको पुच्छरको भाग ठोक्किएको थियो । घटनामा कोही पनि घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन