आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
एयर डाइनेस्टी दुर्घटना

दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टर लुक्लाबाट फर्किएलगत्तै रसुवा उडेको थियो

बुधबार, २३ साउन २०८१, १६ : ०३
बुधबार, २३ साउन २०८१

काठमाडौँ । नुवाकोटको सुर्यचौरमा दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टर लुक्लाबाट फर्किए लगत्तै रसुवा उडेको खुलेको छ । कम्पनीका म्यानेजर बालकृष्ण पण्डितका अनुसार दुर्घटना हुनुअघि ९एन एजेडी हेलिकप्टर लुक्लाबाट काठमाडौँ आएको थियो ।

सबै कण्डिसन राम्रो रहेकै अवस्थामा हेलिकप्टर १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याप्रुबेसी उडेको थियो । 

काठमाडौँबाट ४ जना चिनियाँ नागरिक लिएर रसुवा उडेको हेलिकप्टरले उताबाट ५ जना यात्रु लिएर काठमाडौँ फर्किने तालिका रहेको पाण्डेले रातोपाटीसँग बताए । तर, हेलिकप्टर उडेको करिब तीन मिनेटमा नै दुर्घटनामा परेको जानकारी प्राप्त भएको उनले बताए । थप विवरण घटनास्थलबाट जानकारी आएपछि भन्न सकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप