हेलिकप्टर दुर्घटनामा सवार पाइलटसहित पाँचै जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो ।
हेलिकप्टर दुर्घटनासँगै आगलागी भएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले रातोपाटीलाई जानकारी दिए । ‘दुर्घटनाग्रस्त क्षेत्रमा कुहिरो लागेको छ । जहाज सूर्यचौर नपुग्दैको जंगलमा दुर्घटनाग्रस्त छ’, उनले भने, ‘घटनास्थलबाट ५ जनाको शव खोचजस्तो स्थानमा भेटेर माथि ल्याइएको छ ।’
उनले प्रतिकुल मौसमकै कारण जहाज दुर्घटना भएको हुन सक्ने आँकल गरे । ‘कतिपयले जहाजमा पहाडमा ठोक्किएको भनेका छन् । तर भौगोलिक अवस्था हेर्दा त्यस्तो होइन । कुहिरोका कारण जहाज तलबाट आएर दुर्घटना भएको हुनसक्छ’, उनले भने ।
दुर्घटनालगत्तै नजिकै रहेको शिवपुरी ब्यारेकबाट नेपाली सेनाका साथै स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली उद्धारका लागि पुगेको थियो ।
एयर डाईनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ ।
हेलिकप्टरमा क्याप्टेनबाहेक ४ जना यात्रु (चिनियाँ नागरिक) रहेको जानकारी दिँदै प्राधिकरणले भनेको छ, ‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ।’
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
हेलिकप्टरमा सवार अन्य चार जना चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।उनीहरु सबैको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै