‘युवाले माग्छ कम्प्युटर, वैद्यले घाँस काट्न पठाउनु हुन्छ’

काठमाडौँ । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रूपमा फरक भएका कारण मोहन वैद्यसँगै अगाडि जान नसकिएको बताएका छन् ।
बुधबार संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बास्तोलाले विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने बताए । उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने समेत बताए ।
‘वर्ग संघर्षलाई नयाँ उचाइमा उठाउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबिच एकता भएको हो । तर, उहाँ जडसुत्रवादी सोँचभन्दा माथि उठ्न सक्नु भएन । युवाले कम्प्युटर मागेको छ, हसिया दिएर घाँस काट्न पठाउने वैद्य कमरेडको तरिकाले एकता सफल हुन सकेन’, उनले भने ।
बास्तोलाले नेपाली कांग्रेस र नेकपा एमाले पश्चगामी शक्ति भएको बताउँदै उनीहरूले संविधान संशोधनको नाममा पछाडि फर्किन खोजेको दाबी समेत गरे ।
कांग्रेस–एमाले भ्रष्टाचारका काण्डैकाण्ड घटाएका आएको बताउँदै बास्तोलाले भने,‘कांग्रेस र एमाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने पार्टी हुन्, राष्ट्रिय सम्पत्ति बेचेर खानेदेखि भ्रष्टाचारका ठूलाठूला काण्डा उहाँहरूकै पालामा भएका छन्, जसले देशलाई यो अवस्थामा पुर्याएको छ ।’
महासचिव बास्तोलाले नेपालमा पनि बंगलादेशकै अवस्था आउन सक्ने बताए । नेपाली शासक पनि शेख हसिनाकै बाटोमा रहेको बताउँदै उनले जनता आजित भइसकेको र नेपाली शासकहरूले दमनको बाटो रोजे भने बंगलादेशको जस्तै अवस्था आउन सक्ने बताए ।
बास्तोलाले नेकपाका महासचिव विप्लव पतनको बाटो हिँडेपछि आफूहरू अलग भएको बताए । पार्टीको साउन ११ देखि १५ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले आगामी पुस ११ गते माओ दिवसको सन्दर्भ पारेर नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले भ्रष्टाचार बैंक, लघुवित्त र सहकारी तथा मिटरब्याजविरुद्ध देशभर संघर्ष गर्ने निर्णय गरेको छ ।
त्यसैगरी अहिलेसम्मका राष्ट्रप्रमुख, प्रधानमन्त्रीहरू, मुख्यमन्त्री, मन्त्रीहरू, नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख, मुख्य सचिवलगायतको सम्पत्ति छानबिनका लागि दबाब सिर्जना गर्ने बैठकले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदले नाबालिकालाई बन्धक बनाएको प्रकरण : महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’