आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
एयर डाइनेस्टी दुर्घटना

हालसम्म नेपालका ४० वटा हेलिकप्टर दुर्घटना, कुन दुर्घटनामा कति यात्रुले ज्यान गुमाए ? (सूचीसहित)

बुधबार, २३ साउन २०८१, १५ : २२
बुधबार, २३ साउन २०८१

काठमाडौँ । काठमाडौँबाट रसुवाको स्याफ्रबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जे नजिकै दुर्घटना भएको छ । उक्त दुर्घटनामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले पुष्टि गरे। 

चालकसहित ५ जना सवार हेलिकप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त भएको आँकलन गरिएको छ । 

नेपाली आकाशमा हेलिकप्टर दुर्घटना योसहित ४० वटा भइसकेको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार २७ डिसेम्बर १९७९ मा लाङटाङमा भीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । 

यस्तै त्यसपछि २७ अप्रिल १९९३ मा हिमालयन हेलिकप्टर लाङटाङमै दुर्घटना हुन पुग्यो । यद्यपि सो दुर्घटनामा भने कुनै मानवीय क्षति भएको थिएन । 

पछिल्लो पटक मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो । ११ जुलाई २०२३ मा भएको उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए । 

हेर्नुहोस् हेलिकप्टर दुर्घटना र मानवीय क्षतिको विवरण

12

3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप