यसअघि सन् २०१९ मा दुर्घटनामा परेको थियो एयर डाइनेस्टीको अर्को हेलिकप्टर

काठमाडौँ । एयर डानेस्टीको हेलिकप्टर बुधबार दुर्घटनाग्रस्त भएको छ । पाइलट अरुण मल्लसहित ५ जना सवार ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार हालसम्म चार जनाको शव फेला परेको छ । हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।
यसअघि सन् २०१९ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो । ९एन एमाई कल साइन भएको सो हेलिकप्टर चाटर्ड फ्लाइटका दौरान ताप्लेजुङको पाथिभरा मन्दिरबाट तेह्रथुम फर्कने क्रममा दुर्घटनामा परेको थियो ।
खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको बताइएको थियो । सो दुर्घटनामा तत्कालीन पर्यटन मन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधन भएको थियो । विमानमा सवार एयर डाइनेस्टी तथा यति एयरलान्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको पनि निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुबाट करिब १५ केजी चरेससहित ३ जना पक्राउ
-
लुम्बिनी प्रादेशिक अस्पताल एसएमएस मूल्याङ्कनमा उत्कृष्ट
-
के हो चीनमा भेटिएको कोभिडजस्तै नयाँ भाइरस एचकेयू ५–कोभ २ ?
-
बहुआयामिक महत्वको मधानी महोत्सव सुरु
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
दुबई पुगेका उपेन्द्रले भने- विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ