सेयर बजार
१४५ अंकको करेक्सनपछि बुधबार नेप्सेमा पुनः १०८ अंकको वृद्धि, कारोबार घट्यो
बुधबार, २३ साउन २०८१, १५ : १७

काठमाडौँ । मंगलबार १४५ अंकमाथिले घटेको सेयर बजारमा बुधबार पुनः १०८ अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १०८.३५ अंकले बढ्दै २७५९.६७ विन्दुमा उक्लिएको हो ।
तथापि, आज यता कारोबार भने घट्न पुगेको छ । नेप्सेका अनुसार आज १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको ३ करोड ८० लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । १४५ अंकले नेप्से बढेको अघिल्लो दिन हालसम्मकै उच्च २३ करोड माथिको कारोबार भएको थियो ।
आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.६३ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक समेत आज ७.८९ प्रतिशतले बढेको छ । २३९ कम्पनीको सेयर मूल्य बढ्दा आज जम्मा ३ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा