एयर डाइनेस्टी दुर्घटना
हेलिकप्टर दुर्घटना : पर्यटनमन्त्री घटनास्थलमा जाने
बुधबार, २३ साउन २०८१, १५ : ०९

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनापछि पर्यटनमन्त्री घटनास्थलतर्फ जाने भएका छन् । पर्यटनमन्त्री बद्री पाण्डे केही समयअघि सिंहदबारबाट घटनास्थलतर्फ प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको याफ्रुबेसीका लागि उडेको थियो । नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण उडाएको जनाएको छ । चालकसहित कुल ५ जना सवारमध्ये दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
अपडेट : पर्यटनमन्त्री घटनास्थल जाने भनिएपनि नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई पठाएर आफू गएनन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय