सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बुधबार, २३ साउन २०८१, १४ : २४
_uZKV0cyQw0.jpg)
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।
बैठकमा गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू बैठकका मुख्य एजेण्डा रहेका छन् । महासमिति बैठकले पारित गरेका दस्ताबेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । बैठकमा पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुने बताइएको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’
-
सीके राउतको सम्बन्धविच्छेद मुद्दा अदालतले मिलापत्रमा पठायो
-
माओवादीको तराई मधेस जागरण अभियान १७ गते महेन्द्रनगरमा समापन हुने
-
‘यूथ सेलिब्रेशन’का लागि भृकुटीमण्डपमा भेला हुन थाले युवा, तस्बिरहरू
-
बुढ्यौलीलाई रोकेर निरोगी रहन चाहनुहुन्छ ?
-
इलाका प्रहरी कार्यालयमा पुस्तकालय