अध्यक्ष ढकालले राखे ‘बिमस्टेक पूर्वाधार विकास कोष’ स्थापनाको प्रस्ताव
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । भारतको नयाँ दिल्लीमा आयोजित बिमस्टेक बिजनेस समिट, २०२४ मा बुधबार आफ्नो धारणा राख्दै अध्यक्ष ढकालले बिमस्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै क्रस बोर्डर लिंकेज तथा ट्रेड इन्फ्रास्ट्रक्चरको विकासका लागि बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्नेमा जोड दिए ।
ढकालले सदस्य राष्ट्रहरूलाई व्यापार सहजीकरण प्रवर्द्धन गर्न र सीमापार सम्बन्धको राम्रो विकास गर्न आवश्यक पूर्वाधारको विकास गर्नका लागि स्रोतसाधन उपलब्ध गराउन क्षेत्रीय पूर्वाधार कोष आवश्यक रहेको बताए ।
ढकालले बिमस्टेक क्षेत्रका सबै सदस्य राष्ट्रको विकास भएपछि अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो आवाज अझ बलियो हुने र अन्तर्राष्ट्रिय बैठकमा थप अधिकारका साथ सामूहिक रूपमा सम्झौता गर्न सक्ने पनि अध्यक्ष ढकालले बताए । बिमस्टेक सदस्य राष्ट्रहरूबिच थप एकीकृत सञ्जालको विकास गर्न बिमस्टेक पूर्वाधार विकास कोष आवश्यक रहेको उनले दोहो-याए ।
ढकालले नेपालको पूर्व–पश्चिम राजमार्गलाई भारतको मध्य क्षेत्र बंगलादेशसँग जोडेर र कालादान आयोजनामार्फत म्यानमार र भारतलाई पनि जोडेर क्षेत्रीय सञ्जालका लागि उपयोग गर्न सकिने बताए । उनले पूर्व–पश्चिम राजमार्गको समानान्तर रेलमार्ग निर्माण गर्न सकिने र आवतजावतमा सहज हुने बताउनु बताए । यस क्षेत्रभित्रको भन्सार प्रक्रियालाई सरल बनाउन सीमावर्ती पूर्वाधार, एकीकृत जाँच चौकीलगायतको विकास गर्नुपर्नेमा समेत उनको जोड छ ।
त्यसैगरी, उनले नेपाल र भुटानजस्ता भूपरिवेष्टित मुलुकका लागि सुख्खा बन्दरगाहको विकास गर्नुपर्ने र व्यापार लागत कम गर्न र समग्र सञ्जाल बढाउन ती बन्दरगाहको सञ्जाललाई कसरी सुधार गर्न सकिन्छ, त्यसतर्फ ध्यान पु-याउनुपर्ने बताए ।
सोही अवसरमा अध्यक्ष ढकाललले नेपाल जस्ता भूपरिवेष्टित मुलुकका लागि विद्यमान विमानस्थलको सहज सञ्चालनको आवश्यकता रहेको उल्लेख गर्दै बिमस्टेकका सबै सदस्य राष्ट्रलाई क्षेत्रीय हवाई सम्पर्क अभिवृद्धि गर्ने विषयमा छलफल गर्न आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरविन्द केजरीवालमाथि मुद्दा चलाउन केन्द्रले दियो अनुमति
-
सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने विपक्षी दलहरूको निर्णय
-
रविको विषयमा विपक्षी दलको बैठकमा छलफल, राज्यले प्रतिशोध र दमनकारी व्यवहार गरेको ठहर
-
विदेशीसँग पैसा असुल्न बाह्य राजस्व विभाग बनाउँदै ट्रम्प
-
योलको गिरफतारीबारे के भन्छन् विपक्षी नेता ?
-
भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जाड दिऔँ: उपप्रमुख डङ्गोल