हसिनाले छाडेपछि लगातार दोस्रो दिन पनि बढ्यो बंगलादेशको सेयर बजार
बुधबार, २३ साउन २०८१, १४ : ०७

ढाका । बंगलादेशको सेयर बजारमा बुधवार हरियाली देखिएको छ । प्रधानमन्त्री शेख हसिना र उनको सरकारको पतनपछि लगातार दोस्रो दिन पनि बजार उकालो लागेको हो ।
त्यहाँको बेन्चमार्क शेयर परिसूचक ढाका स्कट एक्सचेञ्ज (डीएसई) बिहान ११ः५० सम्ममा ६५ अङ्कले बढेर ५ हजार ४९१ अंकमा उक्लिएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरीको तुलनामा १ दशमलव २ प्रतिशत धेरै हो ।
ब्लु–चिप इन्डेक्स डीएस ३० पनि ३३ अंकको वृद्धिसहित १ हजार ९६८ अंकमा पुगेको थियो । यो पनि अघिल्लो दिन कारोबार बन्द हुँदाखेरिको भन्दा १ दशमलव ७२ प्रतिशत धेरै हो ।
सोही समयमा अर्को परिसूचक डीएसईएस ११ अङ्कले बढ्यो । बुधवार अन्य स्थानीय शेयर परिसूचक पनि हरियालीमै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो
-
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज